Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, संखुवासभा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, संखुवासभा

बिहीबार, आश्विन ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०८३ असोज ९ देखि ११ सम्म उच्च सतर्कता अपनाउन जिल्ला सुरक्षा समितिको आग्रह

७ घण्टा अगाडी २०८३-०६-०७

खाँदबारी, सङ्खुवासभा 

नेपाल मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिन अनुसार आगामी असोज ९ गतेदेखि ११ गतेसम्म सङ्खुवासभा जिल्लामा भारी वर्षा, बाढी तथा पहिरोको उच्च जोखिम रहने प्रक्षेपण गरिएको छ।

सोही जोखिमलाई ध्यानमा राख्दै प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले विपद् पूर्वतयारी तथा नागरिक सुरक्षाका लागि विशेष निर्णयहरू गरेको छ।

​प्रमुख निर्णय तथा सुरक्षा व्यवस्था:

  • भित्री सडकमा सवारी सञ्चालनमा रोक: असोज ९ देखि ११ गतेसम्म बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म मुख्य राजमार्ग बाहेकका भित्री कच्ची सडकहरूमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
  • नदी/खोला किनारमा नजान अनुरोध: सो अवधिभर नदी तथा खोला किनारमा रहेका होटल/रेस्टुरेन्टमा भेला नहुन, अनावश्यक हिँडडुल नगर्न र माछा मार्न नजान आग्रह गरिएको छ। यसका लागि सुरक्षा निकायले माइकिङमार्फत सर्वसाधारणलाई सूचित गर्नेछन्।
  • जोखिमयुक्त बस्तीको स्थानान्तरण: बाढी र पहिरोको उच्च जोखिममा रहेका क्षेत्रका बासिन्दाहरूलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तहहरूसँग समन्वय गरी बस्ती स्थानान्तरण गरिने भएको छ।
  • कर्मचारी र स्वास्थ्यकर्मी अलर्टमा: अत्यावश्यक काम बाहेक जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरूलाई जिल्ला नछाड्न निर्देशन दिइएको छ। साथै, जिल्ला अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थाहरूलाई औषधि र जनशक्तिसहित तयारी अवस्थामा राखिएको छ।
  • पहिरो हटाउन उपकरणको व्यवस्था : राजमार्ग र मुख्य सडकहरूमा जान सक्ने पहिरो तुरुन्त हटाई यातायात सञ्चालन गर्न सडक डिभिजन र निर्माण कम्पनीहरूसँग रहेका जे.सी.बी. तथा स्काभेटरहरूलाई तयारी अवस्थामा राखिएको छ।

​सर्वसाधारण सबैलाई जनधनको क्षति हनुबाट बच्नका लागि उच्च सतर्कता अपनाउन र विपद् सम्बन्धी निकालिएका सूचनामा ध्यान दिन हार्दिक अपिल गरिएको छ।  

पछिल्लो अपडेट गरिएको : 2083-06-07 17:15:31

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, संखुवासभा