कोशी प्रदेशका मुख्यमन्त्री श्री हिक्मत कुमार कार्कीज्यूको समुपस्थितिमा कार्यालय प्रमुख बैठक सम्पन्न ।
तस्बिर :
कोशी प्रदेशका मख्यमन्त्रीको प्रमुख आतिथ्य र जिल्ला प्रशासन कार्यालयको आयोजनामा जिल्लास्थित सम्पूर्ण कार्यालय प्रमुखहरुको समीक्षा तथा समन्वय बैठक सम्पन्न भएको छ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको बैठकमा सार्वजनिक सेवा प्रवाहको अवस्था, विकास निर्माणका कार्यहरुको प्रगति र शान्ति सुरक्षा तथा बजेट कार्कोयान्वयनको प्रगति विवरणबारेे गहन छलफल भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीज्यूले जनतालाई छिटो, छरितो र पारदर्शी रुपमा सेवा प्रवाह गर्न सम्पूर्ण कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ। जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्न, विकास निर्माणका कार्यमा कुनै पनि बहानामा ढिलासुस्ती नर्गन पनि निर्देशन दिनुभएको छ।
