संखुवासभामा विविध कार्यक्रमका साथ संविधान दिवस मनाइने
तस्बिर :
मिति २०८३ भदाै ३० गते यस जिल्लाका जिल्कोला समन्वय उपप्रमुख श्री बबिता अधिकारीज्यूको संयोजकत्वमा सरकारी कार्यालयका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, नागरिक समाज तथा बुद्धिजिवीहरूसंग बसेको बैठकले असोज २ र ३ गते संविधान दिवस २०८३ विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ। असोज २ गते बिहान ६:३० बजे टुँडिखेलदेखि लाभिङहिलसम्म म्याराथुन दौड र बिहान ७:०० बजे टुँडिखेलबाट बसपार्कसम्म नगर सरसफाई गरिनेछ।
त्यस्तै, असोज ३ गते बिहान ७:०० बजे जिल्ला प्रशासन कार्यालय देखि जिल्ला समन्वय समितिसम्म प्रभातफेरी, ८:०० बजे "नेपालको संविधान र नेपाली समाजको रुपान्तरण" विषयमा अन्तरक्रिया कार्यक्रम, साँझ ६:०० बजे पोखरी बजारमा दीप प्रज्ज्वलन तथा जिल्लाका सम्पूर्ण सरकारी कार्यालय परिसरमा दीप प्रज्ज्वलन गरिनेछ। साथै जिल्लास्थित आमसञ्चार माध्यमहरूबाट शुभकामना सन्देश प्रसारण तथा अन्तरसंवाद कार्यक्रमहरूसमेत सञ्चालन गरिनेछ।
