Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, संखुवासभा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, संखुवासभा

शुक्रबार, आश्विन १६, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

चाडपर्वलक्षित यातायात व्यवस्थापन

१० घण्टा अगाडी २०८३-०६-१५

WhatsApp_Image_2026_10_01_at_1.42.03_PM_(1)(1).jpeg तस्बिर :

खाँदबारी, संखुवासभा

आगामी महान् चाडपर्वहरुलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय संखुवासभाको प्रमुख जिल्ला अधिकारी श्री डा. डिजन भट्टराईको अध्यक्षतामा बसेको स्थानीय यातायात व्यवस्थापन समितिको बैठकले यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न निर्णयहरु गरिएको छ।

कोशी राजमार्ग अन्तर्गत केवा खोलादेखि सभाखोलासम्म र सभाखोलादेखि खाँदबारीसम्म न्यूनतम ४०-४० मिनेटको समय (Time Card) निर्धारण गरेको छ। तोकिएको समयभन्दा अगाडि दुरी पार गरेमा 'ओभर स्पीड'  ट्राफिक नियम उल्लङ्घन अनुसार कारवाही गरिने भएको छ।

बैठककोअन्य निर्णयहरुः-

  • टाइम कार्ड चेकिङ - तीव्र गतिको जोखिम न्यूनीकरणका लागि टाइम कार्ड कडाइका साथ लागू गरिने र ट्राफिक प्रहरीद्वारा सचेतनामूलक कार्यक्रमसहित चेकिङमा कडाइ गरिनेछ।
  • सडक मर्मत - यात्रा सहज बनाउन सडक डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय, उत्तर-दक्षिण सडक आयोजना र स्थानीय तहहरुसँग समन्वय गरी नियमित सडक मर्मत सम्भार गरिनेछ।
  • भाडादरको पालना - सार्वजनिक सवारी साधनमा यात्रुले देख्ने गरी निर्धारित भाडादर टाँस्नुपर्ने र तोकिएको भन्दा बढी भाडा लिन पाइने छैन।
  • यात्रु सहायता कक्ष (Help Desk) - चाडपर्वको बेला यात्रुका गुनासो, हराएका सामान, सही भाडादर तथा दुर्व्यवहार नियन्त्रणका लागि जिल्ला ट्राफिक कार्यालयले यात्रु सहायता कक्ष स्थापना गरिनेछ।
  • कागजात तथा सवारी अवस्था जाँच - चालकको अवस्था, सवारी साधनको अवस्था, यात्रु संख्या, रुट परमिट र कागजातहरुको कडा अनुगमन गरिने भएको छ भने सुरक्षित र मर्यादित यात्रा सुनिश्चित गर्न जिल्ला प्रशासन, जिल्ला प्रहरी तथा ट्राफीक प्रहरीले संयुक्त रुपमा अनुगमन गर्ने निर्णय भएको छ।

साथै सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा लागु औषध नियन्त्रण सम्बन्धी श्री हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुसँग सचेतनामुलक अन्तरक्रिया कार्यक्रम र प्रशासकीय अधिकृत श्री घाङरी लामाको अध्यक्षतामा सूचना अधिकारीको समेत बैठक सम्पन्न भएको छ।

पछिल्लो अपडेट गरिएको : 2083-06-15 17:10:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, संखुवासभा