कार्यालय प्रमुखहरुको नियमित बैठक सम्पन्न
तस्बिर :
संखुवासभा (खाँदबारी), मंसिर ३ ।
जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुको नियमति बैठक आज जिल्ला प्रशासन कार्यालय, संखुवासभामा सम्पन्न भएको छ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको उक्त बैठकमा जिल्लाको समग्र शान्ति सुरक्षा, विकास निर्माणको प्रगति तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो।
बैठकका क्रममा सहभागी कार्यालय प्रमुखहरुलाई समसामयिक कानुनी तथा प्रशासनिक विषयमा अभिमुखीकरणसमेत प्रदान गरिएको छ। सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारीले 'सरकारी निर्णय प्रक्रिय सम्बन्धी नियमावली, २०८३' का मुख्य विशेषता तथा कार्यसम्पादनमा यसको व्यावहारिक कार्यान्वयनका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले निर्णय प्रक्रियालाई छिटो, छरितो र पारदर्शी बनाउन नियमावलीले गरेका नयाँ व्यवस्थाहरुबारे स्पष्ट पार्नुभयो।
त्यसैगरी, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखले 'सार्वजनिक खरिद ऐन तथा नियमावलीको समसामयिक संशोधन' सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो। प्रस्तुतीकरणका क्रममा उहाँले खरिद प्रक्रियामा देखिएका पछिल्ला कानुनी परिवर्तन तथा आर्थिक अनुशासन पालना गर्नुपर्ने विषयमा कार्यालय प्रमुखहरुको ध्यानकर्षण गराउनुभयो।
बैठकमा विभिन्न विषयगत कर्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। जिल्ला प्रशासन कार्यालयले हरेक महिना नियमित रुपमा कार्यालय प्रमुखहरुको बैठक बसी अन्तर निकाय समन्वय र सेवा प्रवाहको समीक्षा गर्दै आएको छ।
