2077-09-21
2077-09-21
नेपालको पूर्वी हिमाली क्षेत्रको दुर्गम जिल्लामा रहेको संखुवासभा जिल्ला उत्तरी अक्षांस २७.०६” देखि २७.५५” उत्तर र देशान्तर ८७.५७” देखि ८७.४०” मा रहेको छ । यसको उचाइ समुन्द्र सतहदेखि ३०० मिटर (पिलुवा–अरुण दोभान) अरूण उपत्यका देखि ८४६३ मिटर (पाँचौ सर्वोच्च शिखर मकालु हिमाल) रहेको साथै २८ प्रजातीका गुराँस फुल्ने मिल्के जलजले क्षेत्र, विभिन्न धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरु शिवपार्वतीको क्रिडास्थल मानिने शिवधारा, वेदव्यासले भगवान शिवशंकरसँगको प्राथनापछि सिद्दिविनायक गौरीपुत्र गणेशको सहयोगमा पोखरीको बीचमा वेदिको निर्माण गरी वेदको लेखन गरेको स्थान सभापोखरी, स्वस्थानी व्रतकथामा वर्णित सतीदेवीको देब्रे आँखा पतन भएको स्थान सिद्धकाली यसै जिल्लामा रहेका छन् । यहाँको भू–बनोटमा हिमाली, पहाडी, बेसी, टार, खोंच आदि पर्दछन् । यसको कूल क्षेत्रफल ३४६८.१७ वर्ग किलो मिटर छ जुन नेपालको क्षेत्रफलको २.३६ प्रतिशत हो ।
संखुवासभा जिल्ला प्रदेश नं. १ को साविकको कोशी अञ्चलमा पर्दछ । यसको पूर्वमा ताप्लेजुङ्ग र तेह्रथुम, पश्चिममा भोजपुर र सोलुखुम्बु, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा धनकुटा र भोजपुर जिल्ला रहेका छन् । यस जिल्लामा प्रतिनिधिसभा सदस्यको १ निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्यको २ निर्वाचन क्षेत्रका साथै ५ नगरपालिका र ५ गाउँपालिका गरी जम्मा १० वटा स्थानीय तहका ७६ वटा वडा रहेका छन् । यस जिल्लाको सदरमुकाम खाँदबारी हो ।
यस जिल्लामा नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय (एक), सीमा प्रशासन कार्यालय (१), कारागार कार्यालय (१), जिल्ला प्रहरी कार्यालय – १, ईलाका प्रहरी कार्यालय – ६ (क श्रेणी २ र ख श्रेणी ४), सीमा प्रहरी चौकी – १, प्रहरी चौकी – १६, अस्थायी प्रहरी चौकी – ८, विमानस्थल सुरक्षा गार्ड – १, कारागार सुरक्षा गार्ड – १, प्रजिअ निवास गार्ड – १, अस्थायी ट्राफिक प्रहरी पोष्ट – १, जिल्ला अदालत सुरक्षा गार्ड – १, सशस्त्र प्रहरी बल नेपाल गुल्म हे.क्वा. नं. ४ गुल्म संखुवासभा – १, सशस्त्र प्रहरी बल नेपाल सदरमुकाम सुरक्षा वेश मानेभञ्ज्याङ – १, सशस्त्र प्रहरी बल नेपाल विमानस्थल सुरक्षा वेश तुम्लिङटार – १ रहेका छन् ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, संखुवासभा .