जिल्ला प्रशासन कार्यालयद्वारा Employee of the month घोषित
तस्बिर :
खाँदबारी यस कार्यालयले सेवा प्रवाहलाई प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यका साथ उत्कृष्ट कार्य सम्पादन गर्ने एक जना कर्मचारीलाई Employee of the month घोषणा गरी सम्मान गरेको छ। कार्यालयबाट प्रदान गरिने सार्वजनिक सेवालाई द्रुत, पारदर्शी र गुणस्तरीय बनाउन उल्लेखनीय योगदान पुर्याएकोमा विवरण दर्ता सहयोगी श्री विपना राईलाई साउन महिनाको सर्वोत्कृष्ट कर्मचारीको रुपमा छनोट गरिएको हो। सेवाग्राहीप्रतिको उत्कृष्ट व्यवहार, समयपालना र कार्यदक्षताको कदर गर्दै उहाँलाई प्रशंसापत्र सहित पुरस्कृत गरिएको छ।
