Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Sankhuwasava

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Sankhuwasava

Wednesday, Ashadh 10, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

जिल्लाको परिचय

नेपालको पूर्वी हिमाली क्षेत्रको दुर्गम जिल्लामा रहेको संखुवासभा जिल्ला उत्तरी अक्षांस २७.०६” देखि २७.५५” उत्तर र देशान्तर ८७.५७” देखि ८७.४०” मा रहेको छ । यसको उचाइ समुन्द्र सतहदेखि ३०० मिटर (पिलुवा–अरुण दोभान) अरूण उपत्यका देखि ८४६३ मिटर (पाँचौ सर्वोच्च शिखर मकालु हिमाल) रहेको साथै २८ प्रजातीका गुराँस फुल्ने मिल्के जलजले क्षेत्र, विभिन्न धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरु शिवपार्वतीको क्रिडास्थल मानिने शिवधारा, वेदव्यासले भगवान शिवशंकरसँगको प्राथनापछि सिद्दिविनायक गौरीपुत्र गणेशको सहयोगमा पोखरीको बीचमा वेदिको निर्माण गरी वेदको लेखन गरेको स्थान सभापोखरी, स्वस्थानी व्रतकथामा वर्णित सतीदेवीको देब्रे आँखा पतन भएको स्थान सिद्धकाली यसै जिल्लामा रहेका छन् । यहाँको भू–बनोटमा हिमाली, पहाडी, बेसी, टार, खोंच आदि पर्दछन् । यसको कूल क्षेत्रफल ३४६८.१७ वर्ग किलो मिटर छ जुन नेपालको क्षेत्रफलको २.३६ प्रतिशत हो ।

भू–उपयोग

  • वनले ढाकेको – ४०.३१५%
  • कृषि योग्य जमिन – ८.२७५%                                        
  • चरण तथा झाडी – ११.३७५%
  • हिउ तथा जलक्षेत्र – २७.३९५%
  • ढुङ्गा भीर तथा पाखा क्षेत्र – १२.६६५%

३१५९६% हेक्टर कृषि योग्य जमिन मध्ये

  • १५.६७५% वर्षै भरी सिंचाई हुने
  • २९.८२५% वर्षायाममा मात्र सिंचाई हुने
  • ५४.५१५% असिंचित जमिन

मानव विकास सूचकाङ्क – ०.४८८ (नेपालको ०.४९)

  • यस संखुवासभा जिल्ला – ७७ जिल्लामा २५ औं स्थानमा रहेको ।
  • Per Capita Income – राष्ट्रिय औषत भन्दा बढी छ ।

मानव गरिवी सूचकाङ्क

  • संखुवासभा ३३.६४ (३९ औं स्थान)
  • राष्ट्रियमान ३१.१२

जनसंख्या विवरण (२०७८ सालको जनगणना अनुसार)

  • कुल जनसंख्या - १५८०४१ 
  • पुरुष - ५०.४%
  • महिला - ४९.६%
  • जनघनत्व - ४५ व्यक्ति/वर्ग कि.मि
  • बार्षिक जनसंख्या वृद्धिदर -  -०.०४%

निकासी हुने प्रमुख वस्तुहरु

  • अलैची तथा अन्य जडिबुटी
  • रुद्राक्ष
  • अल्लोको तयारी सामग्री

हावापानीको स्थिति

  • ४५७ मिटरदेखि १२०० मिटरसम्म उष्ण हावापानी ।
  • १२०० मिटरदेखि २१०० मिटरसम्म समशितोष्ण हावापानी ।
  • २१०० मिटरदेखि ३६०० मिटरसम्म ठण्डा हावापानी ।
  • ३६०० मिटरदेखि ५००० मिटरसम्म लेकाली हावापानी ।
  • ५००० मिटर भन्दा माथि टुण्ड्रा हावापानी रहेका छन् ।

राजनैतिक विभाजन

संखुवासभा जिल्ला प्रदेश नं. १ को साविकको कोशी अञ्चलमा पर्दछ । यसको पूर्वमा ताप्लेजुङ्ग र तेह्रथुम, पश्चिममा भोजपुर र सोलुखुम्बु, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा धनकुटा र भोजपुर जिल्ला रहेका छन् । यस जिल्लामा  प्रतिनिधिसभा सदस्यको १ निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्यको २ निर्वाचन क्षेत्रका साथै ५ नगरपालिका र ५ गाउँपालिका गरी जम्मा १० वटा स्थानीय तहका ७६ वटा वडा रहेका छन् । यस जिल्लाको सदरमुकाम खाँदबारी हो ।

यस जिल्लामा नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय (एक), सीमा प्रशासन कार्यालय (१), कारागार कार्यालय (१), जिल्ला प्रहरी कार्यालय – १, ईलाका प्रहरी कार्यालय – ६ (क श्रेणी २ र ख श्रेणी ४), सीमा प्रहरी चौकी – १, प्रहरी चौकी – १६, अस्थायी प्रहरी चौकी – ८, विमानस्थल सुरक्षा गार्ड – १, कारागार सुरक्षा गार्ड – १, प्रजिअ निवास गार्ड – १, अस्थायी ट्राफिक प्रहरी पोष्ट – १, जिल्ला अदालत सुरक्षा गार्ड – १, सशस्त्र प्रहरी बल नेपाल गुल्म हे.क्वा. नं. ४  गुल्म संखुवासभा  – १, सशस्त्र प्रहरी बल नेपाल सदरमुकाम सुरक्षा वेश मानेभञ्ज्याङ – १, सशस्त्र प्रहरी बल नेपाल विमानस्थल सुरक्षा वेश तुम्लिङटार  – १ रहेका छन् ।


Last Updated : 2083-03-08 11:27:06

© All Rights Reserved to District Administration Office, Sankhuwasava .