नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
संखुवासभा


  संखुवासभा जिल्लाको परिचय

जिल्लाको सामान्य चिनारीः 
पश्चिमबाट बहने संखुवा खोला र बीचभाग (पूर्व) बाट बहने सभा खोलाको नामाङ्कन गरी संखुवासभा जिल्ला रहन गएको हो । दुई खोला बीचमा पर्ने भू–भागलाई संखुवासभा भनिन्थ्यो । प्रशासनिक हेरफेरले गर्दा पछिमात्र हालको संखुवासभा जिल्लाको निर्धारण भएको हो । संखुवासभा जिल्लाको ऐतिहासिक बजार चैनपुरमा पहिला यस जिल्लाको सदरमुकाम रहेको थियो । वि. सं. २०३१ सालमा सदरमुकाम खाँदबारी बजारमा सारिएको । हाल सदरमुकाम रहेको पोखरीमा खुल्ला स्थानमा आज भन्दा २०–२२ वर्ष अगाडिसम्म पोखरी रहेको थियो । गोर्खाली सैनिकहरुले एकीकरण गर्दा भोट प्रदेशको सैर गरी फर्कदा पोखरी बीचको थुम्कामा पूजाआजा तथा बढाई गरी रगत लागेका तरवार, खुँडा आदि धोईपखाली गरेकोले उक्त स्थानलाई खुँडावारी भनिन्थ्यो । यही शब्दको पछि गएर अपभ्रंश भई खाँडवारी हुँदै खाँदबारी भएको हो किम्वदन्ती पाइन्छ । पौराणिक भनाई अनुसार हालको सदरमुकाम रहेको खाँदबारी बजारमा पहिले एक ठूलो पोखरी थियो । यस ठाउँमा साना राज्यहरु भएको पाइन्थ्यो । यिनीहरु एक आपसमा लडाई गरी आफ्नो हतियार (खाँडो) उक्त पोखरीमा पखाल्ने पोखरी नै खाँडपोखरी हुन गयो र पछी ऊक्त खाँडपोखरी अपभ्रंस भई हालको नाम खाँदबारी रहन गएको पाइन्छ ।

(क)     भौगोलिक अवस्थितिः
उत्तरी अक्षांस २७०६” देखि २७५५” र देशान्तर ८७५७” देखि ८७४०”
उचाइ समुन्द्र सतहदेखि ४५७ मिटर (संसारको होचो उपत्यकाको रूपमा मानिने अरूण उपत्यका) देखि ८४६३ मिटर (पाँचौ सर्वोच्च शिखर मकालु हिमाल)
भू–बनोटमा हिमाली, पहाडी, बेसी, टार, खोंच आदि पर्दछन् ।
क्षेत्रफल ३४८६.१७ वर्ग किलो मिटर छ, (नेपालको क्षेत्रफलको २.१८%
(ख)     राजनैतिक विभाजनः
पूर्वमा ताप्लेजुङ्ग र तेह्रथुम, पश्चिममा भोजपुर र सोलुखुम्बु, उत्तरमा चीनको तिब्बत र दक्षिणमा धनकुटा र भोजपुर
३ नगरपालिका, २५ गा.वि.स., ११ इलाका र २ निर्वाचन क्षेत्र
(ग)     हावापानीः
उष्ण हावापानी) ४५७–१२०० मि.), उष्ण समशितोष्ण (१२००–२१००) मि.), ठण्डा समशितोष्ण (२१००–३६०० मि.), लेकाली (३६००–५००० मि.) र टुण्ड्रा (५०००–८४६३ मि.)  
वार्षिक सालाखाला ११४१ मिलिमिटर वर्षा हुन्छ ।
(घ)     जनसंख्या, जातजाति र पेशाः
वि.सं. २०६८ को जनगणना अनुसार यहाँको कूल जनसंख्या १५८७४२ मध्ये पुरूषको ७५२२५ र महिलाको ८३५१७
जनधनत्व ४६ प्रति वर्ग किलोमिटर र जनसंख्या वृद्धिदर –०.०३ रहेको छ ।
नेपालको जनसंख्यामा यस जिल्लाको अंश ०.६९ प्रतिशत मात्र रहेको छ ।
मुख्य जातजातिमा राई, क्षेत्री, तामाङ्ग, ब्राह्मण, गुरूङ्ग, भोटे, शेर्पा, नेवार, लिम्बू, मगर, कुमाल र माझी
(ङ)    शिक्षाः
क्याम्पस संख्या – ५ (सबै निजी), उच्च मा.वि. – २०, मा.वि. – ४६, नि.मा.वि. – ६९ र प्रा.वि. – २८४, बालविकास केन्द्र – २३०
साक्षरता प्रतिशत – ८२.०४% मा
(च)     स्वास्थ्यः
१ वटा अस्पताल, २ वटा प्राथमिक स्वास्थ्य केन्द्र, १ वटा आयूर्वेद स्वास्थ्य केन्द्र, १७ वटा स्वास्थ्य चौकी, १९ वटा उप–स्वास्थ्य चौकी र ३ वटा आयूर्वेद औषधालय रहेका छन् । निजी स्तरमा समेत स्वास्थ्य संस्थाहरु सञ्चालनमा रहेका छन् ।
(छ)     यातायातः
राष्ट्रिय राजमार्ग, कृषि सडक र ग्रामीण सडकहरु
हवाई यातायात (काठमाडौं र विराटनगर)  
(ज)     कृषि तथा भू–उपयोग स्थितिः
खेती योग्य जमीन ३१,७०७ हेक्टर (करीब ९.५%) चरण क्षेत्र ३८,९००, चट्टान क्षेत्र ७३,०५४ हेक्टर, वन क्षेत्र १,४७,४०७ हेक्टर, सरकारी ३,१६९ हेक्टर र अन्यमा ७६,१७९ हेक्टर
(झ)     नदीनाला र तालकुण्डहरूः
अरुण, बरुण, संखुवा, सभा, माया, पिलुवा, हेंवा, अप्सुवा, पावा, सिसुवा
सभापोखरी, मत्स्यपोखरी, दुधपोखरी, पाँचपोखरी, गुफापोखरी, लामपोखरी, थामपोखरी
(ञ)     वनस्पतिः
सखुवा, करम, टुनी, सिमल, खयर, लामपाते, जामुन, बयर, बर, बाँस, उत्तिस, कटुस, गुराँस, चाँप, ओखर, चिलाउने, सल्लो, रूद्राक्ष, बुकी, सुनगाभा, सुनपाती, भैरूङ्गपाती, मालिङ्गो
(ट)     जडीबुटीः
चिराइतो, जटामसी, पाँचऔंले, विष, विखुमा, पाखनवेत, कुड्की, खोकिम, टिमुर, खानक्पा, चिम्फीङ, सिन्कौली, मझिटो, विष्णुजटा, पिप्ला, यार्सागुम्बा
(ठ)     मुख्य बजारः
खाँदबारी, मानेभञ्ज्याङ्ग, तुम्लिङ्गटार, बाह्रविसे, चैनपुर, मुढेशनिश्चरे, सिद्धपोखरी, गुफापोखरी, खराङ्ग, नुम, आँखीभूई, विहिबारे, ओखरवोटे
(ड)     उद्योग धन्धाः
कपडा (अल्लो), करूवा, नेपाली हाते कागज, राडीपाखी
(ढ)     पर्यटकीय क्षेत्रः
देउराली डाँडा, गुप्तेश्वर गुफा (५० मिटर लामो), खेम्पालुङ्ग गुफा, खानी गाउँ, किमाथान्का, सिद्धकाली मन्दिर, भीरेश्वर गुफा, धनपोखरी, मनकामना मन्दिर, गुफापोखरी

(ण)     खानेपानीः
    

(त)     सञ्चारः
जिल्लाको २५ गा.वि.सहरू तथा ३ नगरपालिकामा समेतमा सामान्य सञ्चार सुविधा
१ जिल्ला हुलाक कार्यालय, १० इलाका हुलाक, २५ अतिरिक्त हुलाक, २ स्थानीय र २ बचत बैंक
(थ)     आर्थिक अवस्थाः
    कृषिमा निर्भर, रूद्राक्ष, यार्सागुम्बा, पशुपालन, अलैची, चिया खेती, हाते कागज र अल्लोबाट उत्पादित साना उद्योगधन्दा तथा वैदेशिक रोजगार


 

 

  समाचार

NO record found

  सूचना

  • राहदानी (Passport) २०७२-१२-३०

    २०७३ अाषाढ १५ गतेसम्मको  फाराम बुझाउनेहरुको एम.आर.पी. प्राप्त भएको छ ।

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय